शिक्षा क्षेत्रमा शिखर नपाको उधारणिय काम : ८ वटा विद्यालयमा विधुतिय हाँजिर

33

पवन महरा
डोटी ७ जेठ
शिखर नगरपालिका अन्तरगतका ८ वटा विद्यालयमा विद्युतिय हाजिर जडान हुने भएको छ । विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउँने उद्येश्यले नगरपालिका अन्तरगतका विद्यालयहरुमा परिक्षणका लागि टकिङ्ग टिचर पद्धती भित्र्याएको नगरपालिकाले पुनः विद्यालयमा विद्युतिय हाँजिरको व्यवस्था गरेको हो ।


सामुदायिक विद्यालयमा विद्युतिय हाँजिर जडान भए पछि शिक्षक तथा कर्मचारी समय मै विद्यालय पुग्ने विद्यालय प्रती जिम्मेबार हुने र अनाहक बिदा लिने काम बन्द हुने विश्वास लिईएको छ । नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउँन नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको छ । यो भन्दा पहिला विद्यालयमा लागु भएको टकिङ्ग टिचर पद्धती प्रभावकारी बन्दै गएको छ । यो पद्धती शुरुमा ४ वटा विद्यालयमा लागु गरिएको थियो । यसको प्रभावकारीता बढ्दै गए पछि नगरपालिकाले अन्य विद्यालयमा पनि यो पद्धती लागु गर्ने योजना बनाएको छ ।
दस हजार औलाको नमुना लिन सक्ने क्षमता रहेको हाँजिर मसिन विद्युतवाट चार्ज गर्न मिल्ने भएकाले विद्युत नभएको समयमा समेत संचालनमा आउन सक्ने शिखर नगरपालिकाका सुचना अधिकृत कसिस मल्लले वताए । उनले हाँजिर अनलाइनमा दर्ता हुने भएकाले यसको विद्युतिय कोडको आधारमा वाहिरवाट समेत उपस्तिथि हेर्न मिल्ने वताए । सुचना अधिकृत मल्लले विद्युतिय हाजिरमा हाजिर गर्ने व्यक्तिको नाम, औलाको नमुना र कार्यालय समय पहिले नै सेट गरिएको हुनाले को ब्यक्ति कति बेला विद्यालय पुग्यो कति बेला विद्यालयबाट बाहिरियो भन्ने पुर्ण जानकारी हुने बताए ।
मंगलबार नगरपालिका अन्तरगतका शारदा माध्यमिक विद्यालय मुडभरा, शिद्धेशवर माध्यमिक विद्यालय वन्लेक, सिताराम माध्यमिक विद्यालय उच्चाकोट, केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकी, राधाकृष्ण माध्यमिक विद्यालय गोपघाट, राधाकृष्ण माध्यमिक विद्यालय तिजाली, हरिहर माध्यमिक विद्यालय तल्कोट र सरस्वती माध्यमिक विद्यालय चुणीलाई विद्युतिय हाजिर वितरण गरिएको शिखर नगरपालिका शिक्षा इकाइ प्रमुख उद्धव मल्लले वताए ।
नगरपालिकाले आजै आठै वटा विद्यालयका प्राधानाध्यापकलाइ विद्युतिय हाजिरको वारेमा जानकारी दिनुका साथै हाजिर मसिन हस्तान्तणर गरेको छ । विद्यालयमा यो हाजिर जडान भएपछि सम्पूर्ण शिक्षक तथा कर्मचारीको नियमितता, नयाँ प्रविधिको प्रयोग गर्न पाइनुका साथै सम्पूर्ण विद्यार्थीमा यो प्रविधिको ज्ञान हुने केदारेश्वर माद्यामिक विद्यालयका प्राधानाध्यापक गगन कार्कीले वताए ।


विद्युतिय हाजिर हस्तान्तरण गर्दै नगर प्रमुख सिताराम जोशीले विद्युतिय हाजिरले विद्यालयमा थप नियमितता र अनुशासनको विकास हुने विश्वास व्यक्त गर्नु भयो । नगर प्रमुख जोशीले नगरपालिकाले विद्युतिय प्रविधिमा यो भन्दा पहिले पनि केहि नमुना काम गरिसकेको उल्लेख गर्दै नगरपालिकालाइ समय सुहाउँदो प्रविधिमा अगाडी वढाउन खोजेको वताए । उनले आगामि दिनमा नगरपालिकाले दिने सेवा प्रभावकारी बनाउँन नगरपालिका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा विद्युतिय हाँजिरको व्यवस्था गर्ने वताए ।
हस्तान्तरण गरिएको हाजिरमा स्कूलका शिक्षकको नाम सेटिङ गरिसकिएको छ भने सम्पूर्ण विद्यालयमा एक हप्ता भित्र जडान गरिसक्ने वताइएको छ । साथै नगरपालिकाको कार्यालयमा समेत यसै पटक संगै जडान गरिने वताइएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...