शिक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम शुरु

137

पवन महरा
डोटी १० बैशाख
दिपायलमा प्रारम्भिक तह पठन सीप विकास सम्बन्धि तालिम शुरु भएको छ । शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्येश्यले तालीमको आयोजना गरिएको हो ।
नेपाल सरकारको समन्वय तथा वल्र्डभिजिनको सहयोगमा सञ्चालन गरिएको उक्त तालिमको सामुदायिक विकास केन्द्र डोटीले आयोजना गरेको हो ।


सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालीत शिक्षा परियोजना अन्तरगत मंगलबार देखि आयोजित सो तालिम ४ दिन सम्म सञ्चालन हुने आयोजक परियोजनाका तालिम संयोजक गोविन्द कठायतले बताए ।
तालिममा आदर्श गाउँपालिका अन्तरगतका १५ वटा बिद्यालयका प्रारम्भिक तह कक्षा १ देखि ३ सम्म पढाउने शिक्षकहरुको सहभागिता रहेको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...