बोगटान र केआईसिंह गाउँपालिकामा समन्वयातमक बैठक सम्पन्न

82

चक्र मल्ल
एनपिएल न्यूज, चैत्र
डोटीका दुईवटा गाउँपालिकामा शिक्षा सम्बन्धि समन्वयातमक बैठक सम्पन्न भएको छ । प्रारिम्भक तह पढाइ कार्यक्रमका सम्बन्धमा ११ गते केआईसिंह गाउँपालिकामा र १२ गते बोगटान फुड्सिल गाउँपालिकामा समन्वयातमक बैठन सम्पन्न भएको हो ।
युसडीए÷डब्लुएफपि को अर्थिक सहयोग तथा एकिकृत बिकास समाज नेपालद्वारा संचालित विद्यालय सरसफाई (स्कुल वास ) कार्यक्रम र विश्व शिक्षाको प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटी द्वारा संचालित प्रारिम्भक तह पढाइ कार्यक्रम सम्बन्धमा समन्वयात्मक बैठकको आयोजना गरीएको हो ।
उक्त कार्यक्रममा सन २०१८ को समिक्षा गर्नुका साथै परियोजनाको अगामी कार्ययोजना बनाउने बारे छलफल भएको थियो । बैठकमा जिल्ला स्तरीय पढाइ मेला केआईसिंह गाउंँपालिका र सिडीसीको संयुक्त आयोजनामा संचालन गर्ने सहमती समेत भएको छ ।
परियोजनाको दिगोपनाका लागि गाउँंपालिकाले विद्यालयहरूको नियमित अनुगमन तथा सहयोग गर्ने सम्बन्धि छलफल भएको थियो । यस्तै नमुना बिद्यालय बनाउन विद्यालय खानेपानी सरफाई तथा स्वच्छता सम्बन्धी कार्यबिधी २०७५ अनुसार तारा प्राप्त गर्ने मापदण्ड सम्बन्धमा पनि छलफल भएको थियो ।
कार्यक्रमाबोल्दै केआईसिंह गाउँपालिका अध्क्षय लोकेन्द्र शाहीले प्रारिम्भक तह पढाइ कार्यक्रम र विद्यालय सरसफाई कार्यक्रमले विद्यालयको समग्र सरसफाई तथा सिकाइ गुणस्तर वृर्दि गर्न सहयोग पुर्याएको बताउँनु भयो । आगामि दिनमा गाँउपालिकाले अन्य बिद्यालयमा पनि यो कार्यक्रम लागु गर्ने योजना बनाएको बताउँदै अध्यक्ष शाहीले गाउँपालिका अन्तरगत शिक्षाको क्षेत्रमा काम गर्दा एकिकृत बिकास समाज नेपाल र सामुदायिक बिकास केन्द्र संग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले गाउँपालिकाको शिक्षा क्षेत्रको विकासका लागि सामुदायिक बिकास केन्द र एकिकृत बिकास समाजले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै धन्यबाद ज्ञापन गर्नु भयो । साथै उहाँले गाउँपालिकाले बनाएको कार्ययोजनामा उल्लेखित शिक्षा कार्यविधि अनुसार शिक्षा सभा अयोजना गरिने बताउँनु भयो । सभामा शिक्षा क्षेत्र संग सरोकार राख्ने सम्पुर्ण पक्षहरू संग समन्वय गरी गाउँपालिकाको शिक्षा क्षेत्रको विकास गर्न आवश्यक योजना र नीति तयार बनाउँने प्रसतबद्धता जाहेर गर्नु भयो ।

वैठकको उद्येश्यबारे विश्व शिक्षाका कार्यक्रम अधिकृत हिक्मत भण्डारीले प्रकास पर्नु भएको थियो ! कार्यक्रम संयोजक सतिस गुरूङ्गले सामुदायिक विकास केन्द्र डोटीद्वारा संचालित प्रारम्भिक तह पढाइ कार्यक्रम वारे समिक्षा गर्नुका साथै २०१९ को कार्ययोजना वारे सहभागीलाई जानकारी दिनुभएको थियो

कार्यक्रममा एकिकृत बिकास समाज नेपालका कार्यक्रम अधिकृत कुबेर बहादुर खड््काले बिद्यालय सरसफाई कार्यक्रम २०१८ को समिक्षा सहित २०१९ को कार्ययोजना वारे प्रस्ततिकरण गर्नु भएको थियो । कार्यक्रमा गाउँपालीकका प्रमुख, उपप्रमुख, प्रसासकिय अधिकृत, बिषयत कार्यालयका प्रमुख तथा प्रतिनीधि, वडाध्यक्ष लगायतको सहभागीता रहेको थियो ।
यसै गरि जिल्लाका अन्य स्थानीय तहहरुमा पनि समन्वयातमक बैठक गरीने सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...