सिनर्जी एफएमले प्रोफेशनल एजुकेशन पब्लिक स्पिकिङ्ग च्याम्पियन गर्ने

105

चितवन माघ १० । चितवनको पहिलो रेडियो सिनर्जी एफएमले प्रोफेशनल एजुकेशन पब्लिक स्पिकिङ्ग च्याम्पियन–२०१९ गर्ने भएको छ । विद्यार्थीको आत्मविश्वास जगाउदै बोल्ने कला भएका विद्यार्थीलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको आज (बिहिवार) पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

प्रतियोगितामा चितवन र नवलपुरका गरि करिव ९० बिद्यालयका ४ सय भन्दा बढी बिद्यार्थीको सहभागिता रहने रेडियोका स्टेसन म्यानेजर रामकान्त पौडेलले बताए । भोलि(शुक्रवार) बाट छनौट चरण सुरु हुनेछ । पूर्वी चितवनको भुवानी शंकर माबि बाट छनौट चरण सुरु हुने पौडेलको भनाइ छ । प्रत्येक बिद्यालय बाट औसदमा ४ जना बिद्यार्थीलाइ सहभागी गराइने छ । विभिन्न बिद्यालयमा पुगेर गरिने छनौट चरणबाट दोस्रो चरणमा ६० विद्यार्थी छानिने पौडेलले जानकारी दिए । तिन महिना सम्म चल्ने प्रतियोगितामा तेस्रो चरणका लागि ३० जना र अन्तिम प्रतिस्पर्धाको लागि १० जना प्रतियोगी छनौट गरिने छ ।

प्रोफेशनल एजुकेशन पब्लिक स्पिकिङ्ग च्याम्पीयनमा प्रथम हुनेले १ लाख नगद सहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार र २५ हजार नगद सहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रोफेशनल एजुकेशन कन्सलटेन्सी मुख्य प्रायोजक र हानामी इन्टरनेसनल एजुकेशनको प्रयोजनमा संचालन हुनेछ । रेडियोले १८ औ बर्ष प्रवेश गरेको अवसरमा स्थानीय बिषयबस्तु र स्रोता मुखी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...