ग्रेस जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

111

नवलपुर पुस ०३ । भीमसेन आदर्श माध्यमिक विद्यालय, देवचुली-७, रामबासको पूर्व विद्यार्थीहरुको संगठन भीमसेन हाईस्कूल एलुम्नाई एसोसिएशन “भीसान नवलपरासी” को आयोजना, रोटर्याक्ट क्लव अफ भरतपुर, लायन्स क्लब अफ नारायणगढ़ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ़ नारायणी सह आयोजना तथा ग्रेस ईन्टरनेशनल चितवन शाखाको प्रायोजनमा “ग्रेस जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता” कार्यक्रम सम्पन्न भएको छ। 
भीसानका सचिव राजु चापागाईले संचालन गरेको कार्यक्रममा क्वीच मास्टर शिक्षक मनोज सापकोटाले भुमिका निभाएका थिए । कार्यक्रममा जिल्लाका ११ निजी तथा सार्वजनिक विद्यालयका विद्यार्थीले सहभागिता जनाएको थिए । उक्त कार्यक्रममा भीमसेन आदर्श माध्यमिक विद्यालय, देवचुली-७, रामबासका प्रधानाध्यापक नरदेव न्यौपाने प्रमुख अतिथि, ग्रेस ईन्टरनेशनल चितवन शाखा प्रमुख गणेश लामिछाने, रोटर्‍याक्ट क्लव अफ भरतपुरका निर्वाचित अध्यक्ष डा. दिपेश के.सी. र भीमसेन आदर्श माध्यमिक विद्यालयका सहायक प्र.अ. अग्निधर भुसाल विशेष अतिथि साथै सहभागी विद्यालयका शिक्षक अतिथी रहनुभएको थियो ।  कार्यक्रम बोल्दै प्रमुख अतिथी भीमसेन आदर्श मा. वि.का प्रधानाध्यापक नरदेव न्यौपानेले पुर्व विद्यार्थीहरुले विद्यालयमा मासिक रूपमा विभिन्न उदाहरणिय कार्यक्रम गरिरहेकोमा भीसानलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा कार्यक्रम निरन्तरताका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ग्रेस ईन्टरनेशनल चितवन शाखा प्रमुख गणेश लामिछानेले व्यावसाय सँगै सामाजिक कार्यअन्तर्गत यस प्रतियोगितामा सहयोग गरेको बताउनुभयो । 
प्रतियोगितामा गैडाकोटको सूर्यविनायक इंग्लिश स्कूल प्रथम, नेपाल लोक सेवा मा. वि. द्वितीय र देवचुली-७ को भीमसेन आदर्श माध्यमिक विद्यालय तृतीय भएका थिए । विजेता विद्यालयका सहभागीले क्रमश प्रथमले छ हजार नगद पुरस्कार, द्वितीयले नगद चार हजार पाच सय र तृतीयले नगद तीन हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै भीसानले विद्यार्थी, अभिभावक र विद्यालयको सर्वाङ्गीण बिकासमा रचनात्मक कार्यक्रमहरुको निरन्तरता गरिरहने प्रतिबद्धता सहित कार्यक्रम तथा आयोजक संस्थाका अध्यक्ष शेर बहादुर पौडेलले सम्बन्धित सबैलाई आभार प्रकट गर्नुभएको थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...