सहिद स्मृति मावीको महायज्ञको तयारी अन्तिम चरणमा, पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने

126

शिव शर्मा भरतपुर, पुस ०२ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति मावीको वृहत धन–धान्यान्चल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञका लागि आबस्यक अस्थायी भौतिक संरचना निर्माण, पत्राचार, प्रचारप्रसार लगाएत कामलाइ अन्तिम रुप दिएको हो । हवन कुण्ड, मन्दिर, मौलो लगाएत आवस्यक भौतिक संरचना निर्माणले तिब्रता पाए संगै महायज्ञको तयारी करिब ८० प्रतिशत सकिएको महायज्ञक प्रवक्ता भगिरथ तिमिल्सेनाले बताए । आज(सोमवार) महायज्ञ मूल समारोह समिति, सचिवालय र उपसमिति संयोजक बीच छलफल गरि भैरहेका प्रगतीको समिक्षा भएको तिमिल्सेनाले जानकारी दिए । 

 

महायज्ञको पुर्व प्रधानमन्त्री एबम नेपालका कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् । “आजको बैठकमा दानबिर पहिचानको प्रगतिका बारे छलफल भयो ।”, तिमिल्सेनाले भने, “महायज्ञका लागी आर्थिक सहयोग गर्नेले सो बैठकमा सहयोग गर्ने प्रतिबद्दता जनाउनु भयो ।” महायज्ञलाइ तन, मन,बचन र धनले सहयोग गर्न उनले आग्रह गरेका छन् । बैठकले महायज्ञको प्रचार स्वरुप मंगलवार बिहान १० बजेबाट बृहत मोटरसाइकल र्याली गर्ने समेत निर्णय गरि र्यालीको लागी सम्पूर्ण तयारी पुरा गरेको महायज्ञ मुल समारोह समिति संयोजक बिष्णु प्रसाद तिवारीले बताए । महायज्ञ सुरु हुनु पुर्व नै सहयोग प्राप्त भैरहदा आफुहरुलाई प्रेरणा मिलेको उनको भनाइ छ ।

आजको बैठकमा लेखमान भण्डारीले २ लाख ११ हजार १ सय ११ , मोती प्रसाद रिजालले १ लाख ११ हजार १ सय ११ , दामोदर लामिछानेले १ लाख ११ हजार १ सय ११ ,अन्नपुर्ण आमा समूह र सर्वोदय टोल बिकाश सस्थाले संयुक्त रुपमा ८१ हजार, भगिरथ तिमिल्सेनाले ५५ हजार ५ सय ५५, विद्यालयका प्रअ दिपेश पौडेलले २ महिनाको तलब स्वरुप ४७ हजार , सह प्रअ सोम बहादुर दाहाल ५१ हजार १ सय ५१ रुपया सहयोग गर्ने घोषणा गरे । त्यस्तै शिक्षक पुर्णराज घिमिरेले ६१ हजार, शिक्षक सुर्य बहादुर कुवरले २ महिनाको तलब स्वरुप ४७ हजार, शिक्षक पूर्ण प्रसाईले २ महिनाको तलब स्वरुप ४७ हजार, शिक्षक मधु तिमिल्सेनाले २ महिनाको तलब स्वरुप ६१ हजार,लक्ष्मण अधिकारीले ३३ हजार ३ सय ३३, शिक्षक बसन्त थापाले ३ महिनाको तलब, शिक्षिका जानुका बसेलले ४५ हजार ५ सय ५५ शिक्षक ऋषि राम तिमिल्सिनाले २२ हजार २ सय २२ सहयोग गर्नु भएको छ । त्यस्तै अन्य शिक्षक शिक्षिकाले पनि सहयोगको प्रतिबद्धता जनाएको बुझिएको छ । बैदेशिक रोजगारीका सिलशिलामा देश बाहिर रहेका भूपू बिद्यार्थीको समेत सहयोगको प्रतिबद्दता प्राप्त भएको बैदेशिक सम्पर्क उपसमिति संयोजक इन्द्र प्रसाद पौडेलले बताए ।

स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा १÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो । पौष ५ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञमा श्रीमद्भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्नु हुनेछ । ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...