गीतानगर साना किसान गरिवी निवारण कृषि साकोषको शेयर पुजी बृद्दी

86

चितवन २८ पुष । गीतानगर साना किसान गरिवी निवारण कृषि सहकारीले आफ्नो १३ औ साधारण सभा मनाएको छ । आज (शनिवार ) भरतपुर–६ गितानगरमा भएको कार्यक्रमको वडा अध्यक्ष हरि विलास कोइरालाले उद्घाटन गरे । उद्घाटन गर्दै कोइरालाले सहकारीको मार्फत देश समृद्द बनाउन लाग्नुपर्ने बताए । तिन खम्बे अर्थ नितीमा सहकारीको देश विकासमा महत्वपुर्ण भूमिका रहने उनको भनाइ छ ।

भरतपुर महानगरले विभिन्न कृषक लक्षित योजना ल्याएको भन्दै उनले स्थानीयको सक्रियताले मात्र सो योजनाले मुर्त रुप पाउने दावी गरे । सोहि क्रममा राष्ट्रिय दुग्ध बिकास बोर्डका केन्द्रिय सदस्य भगिरथ तिमिल्सेनाले कृषिलाइ आधुनिकरण र व्यवसायीकरण गर्न जरुरि रहेको औल्याए । उनका अनुसार राज्यले किसानलाइ तालिम र अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपर्ने छ । उनले भने “परम्परागत कृषि प्रणालीलाई आधुनिकरण र यान्त्रिकरणमा प्रतिस्थापन गर्नुपर्छ ।” कृषिमा उत्पादन लागतमा बृद्दी र बजारीकरणको समस्याले युवाको आकर्षणमा कमि आएको बताए । समान प्रकृतिका सहकारीलाई ऐकिकरण गर्नुपर्ने उनको जोड छ ।

सस्थाका अध्यक्ष सुर्य प्रसाद अधिकारीले बार्षिक प्रगति प्रतिवेदन पेस गर्दै कृषि बजार संचालन गर्ने योजना रहेको बताए । उनले स्थानीय स्तरमा उत्पादित कृषि उपजका बस्तुको व्यवस्थित बजारीकरण गर्न सो योजनाले भूमिका खेल्ने जानकारी दिए । कृषि बजारमा कृषकको लागत अनुसार मूल्यको व्यवस्था गर्ने गरि योजना बनाएको उनको भनाइ छ ।

लेखा संयोजक कृष्ण प्रसाद धितालले लेखा प्रतिवेदन प्रस्तुत गरे । सस्थाको आर्थिक बर्ष २०७४र०७५ मा शेयर पुजिमा बृद्दी भएर ७३ लाख ६५ हजार २ सय पुगेको छ । आर्थिक बर्ष २०७३र०७४मा शेयर पुजी ६० लाख थियो । गत सस्थाले रु ३ करोड ८५ लाख ८७ हजार ९ सय ३४ को आर्थिक कारोवार गर्यो । ३ लाख ५२ हजार ९ रुपैया नाफा कमाएको सस्थामा १२ सय ६० शेयर सदस्य छन् । कार्यक्रममा जेष्ठ नागरिक, अधिक बचतकर्ता, बिद्यार्थी र बाल बचतकर्तालाई सम्मान गरिएको थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...