सहिद स्मृति मावीको महायज्ञको दोस्रो दिन सम्म करिव ९० लाख संकलन

83

भरतपुर पुस ०६ । भरतपुर सहिद स्मृति मावीको महायज्ञको दोस्रो दिन सम्म करिब ९० लाख आर्थिक संकलन भएको छ । हिजो बाट सुरु भएको महायज्ञको दोस्रो दिन आज (शुक्रवार) प्रदेश सांसद कृष्ण प्रसाद भुर्तेलले ५० लाख बराबरको प्रदेश सरकारबाट आर्थिक सहयोगको समन्वय गर्ने प्रतिबद्दता जनाएका महायज्ञका प्रवक्ता भगिरथ तिमिल्सेनाले बताए । आज अन्नपुर्ण दुग्ध उत्पादन सहकारी सस्थाले ३ लाख ३३ हजार ३ सय ३३, भीमा देवी देवकोटाले १ लाख ५१ हजार १ सय ११, डोलनाथ अधिकारीले १ लाख १ हजार १ सय ११, डेनमार्कमा रहेका हरि न्यौपानेले १ लाख लगाएत बाट रकम प्राप्त भएको उनले जानकारी दिए ।

त्यस्तै सोहि अवसरमा आजका प्रमुख अतिथि समेत रहेका भुर्तेलले बिद्यालयको भौतिक संरचना र खेल मैदानको अभाबमा पनि गुणस्तरलाइ कायम राखेको प्रति बिद्यालयको प्रसंसा गरे । उनले महायज्ञमा प्राप्त रकमले जग्गा खरिद गर्न सुझाब दिए । भौतिक निर्माणका लागि आफुले प्रदेश सरकार संग समन्वय गरि बजेट बिनियोजनको व्यवस्था गर्ने उनको भनाइ छ ।

भरतपुर महानगर–६ मा रहेको सहिद स्मृति मावीको स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञको भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गरिरहेका छन् । ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न ४० लाख लागतलाग्ने अनुमान छ । भरतपुर ६ पारसनगरमा रहेको ८ कठ्ठा क्षेत्रफलमा फैलिएको बिद्यालयमा भुकम्प प्रतिरोधी भौतिक संरचना र खेल मैदानको चरम अभाब छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...