सानिमा जीवन बीमाको २७ औ शाखा नारायणगढमा !

94

शिव शर्मा भरतपुर पुस ०६ । सानिमा जीवन बीमाले नारायणगढ बजारमा आफ्नो शाखा विस्तार गरेको छ । २७ औ शाखाको रुपमा नारायणगढको सहिद चोकमा विस्तार गरेको शाखाको प्रदेश सांसद घनश्याम दाहाल अभिनासले उद्घाटन गरे । 

उद्घाटन गर्दै दाहालले जीवन बीमाले क्षती न्यूनीकरणमा महत्वपुर्ण भूमिका खेलेको बताए । उनले पछिल्लो समय जीवन बीमा प्रति सर्वसाधारणको सकारात्मक धारणा विकास हुदै गएकोले सानिमा जीवन बीमाले लाभग्राहिको चाहना अनुरुप आफ्नो सेवा प्रदान गर्ने बिस्वास ब्यक्त गरे । अझै पनि गाउ गाउमा बीमा सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गरि बीमा प्रक्रिया बारे सर्वसाधारणलाइ बुझाउन पर्ने उनको बुझाई छ । बीमा रकम प्राप्त गर्ने क्रममा बीमितले पाउन समस्यालाइ समाधान गर्न बीमा कम्पनि सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

देशको सामाजिक तथा आर्थिक स्थितिलाई मध्ये नजर गरि विभिन्न ब्यबसाय वा पेसामा संलग्न समूह तथा व्यक्तिलाई सहज हुने गरि सानिमा शुभ–लक्ष्मी (सावधिक) जीवन बीमाको प्रस्तुत गरिएको सानिमा जीवन बीमाका जेनेरल म्यानेजर शिव राम तिमिल्सेनाले बताए ।

कम्पनीले आर्जन गर्ने गरेको मुनाफामा सरिक हुने गरि आर्थिक सुरक्षा तथा बचत गर्न बीमा योजना सर्व स्वीकार्य हुने सानिमा शुभलक्ष्मी जीवन बीमाले दावी गरेको छ । सोहि अवसरमा कम्पनीका ब्रान्ड एम्बेस्टर चर्चित हास्य कलाकार जितु नेपालले क्षतिको न्यूनीकरणको लागि जीवन बीमा निकै फलदायी हुने बताए ।

उनले सानिमा जीवन बीमाले लाभग्राहीको अपेक्षा सहित गुणस्तरीय सेवा प्रदान गर्ने हुनाले गरिमा जीवन बीमा बाट नै बीमा गर्न आग्रह गरे । न्युनतम बीमाङ्क २५ हजार देखि अधिकतम बीमाङ्क १० लाख सम्म रहेको सो बीमा योजनाका लागि १६ बर्ष देखि ६० बर्षका व्यक्ति प्रवेश गर्न सक्छन ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...