सहिद स्मृति माबिको महायज्ञमा स्वदेश तथा विदेशमा रहने भूपू बिद्यार्थीको सहयोग

4511

भरतपुर पुस ०५ । सहिद स्मृति माबि पारसनगरको महायज्ञमा बैदेशिक रोजगारीमा रहेका भूप बिधार्थीको सहयोगको ओइरो लागेको छ । आजबाट सुरु भएको महायज्ञमा देश विदेशमा रहेका भूपू बिद्यार्थीको योगदान स्वरुप रकम प्राप्त हुने क्रम बढेको हो ।

आगामी पौष १३ गते सम्म संचालन हुने महायज्ञमा अस्ट्रेलिया बाट बद्रि तिवारीले ४१ हजार ५ सय ८३ , मेघनाथ आचार्यले २४ हजार ९ सय ८३ , सन्तोष थापाले १६ हजार ६ सय ८३, सबिता पौडेलले १६ हजार ६ सय ८३, रेशम आचार्यले १२ हजार ५ सय ८३, बिकाश पाठकले १२ हजार ५ सय ८३, प्रकाश पौडेलले ८ हजार ३ सय ८३, सुनिल गुरुङले ४ हजार ५ सय ६५ र अनिश सुवेदीले ४ हजार २ सय ३३ रुपैया सहयोग गरेका हुन् । भूपू बिद्यार्थी एबम बैदेशिक सम्पर्क उपसमितिको संयोजनमा सो रकम प्राप्त भएको हो । 

त्यस्तै जापानबाट ओम बहादुर पौडेलले २० हजार ५ सय १४,रामजी केसीले २० हजार ५ सय १४, बाबुराम पराजुलीले १५ हजार, शाज्मा कुवरले १० हजार रोशन अधिकारीले १० हजार सहयोग गरेका छन् । मलेशियामा रहेका ओम बहादुर केसीले ५ हजार १ सय ११ दुबई बाट रोजन अधिकारीले ५ हजार १ सय सहयोग प्राप्त भएको छ । हाल भरतपुरमा रहेका रोजिना अधिकारी कुवरले ५ हजार ५ सय ५५ काठमान्डौ घर भएका गंगा राम रेग्मीले २५ हजार १ सय १ र चोकबजारका अरुण राज वन्तले ५ हजार १ सय १ सहयोग गरेका हुन् । स्वदेश तथा विदेशमा रहने भूपू बिद्यार्थीले अहिले सम्म २ लाख ६४ हजार २ सय ६५ रुपैया प्राप्त भएको बैदेशिक सम्पर्क उपसमितिका संयोजक इन्द्र प्रसाद न्यौपानेले बताए ।

भरतपुर महानगर–६ मा रहेको सहिद स्मृति मावीको स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो ।

महायज्ञको भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्ने छन । ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न ४० लाख लागतलाग्ने अनुमान छ । भरतपुर ६ पारसनगरमा रहेको ८ कठ्ठा क्षेत्रफलमा फैलिएको बिद्यालयमा भुकम्प प्रतिरोधी भौतिक संरचना र खेल मैदानको चरम अभाब छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...