चितवन क्षेत्र नम्बर एक ,झण्डै १४ हजार मतले बाम गठबन्धन अगाडि रहेको अनुमान

68

एनपिएल न्युज कात्तिक ०८ : संविधानसभा निर्वाचन २०७० मा चितवन क्षेत्र नम्बर एक बाट बिजय भएका एमाले का स्थाई कमिटी सदस्य एवम पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे,मङ्सिर २१ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनको लागी पनि चितवन क्षेत्र नम्बर बाट सिफारिस भैसकेका छन् ।पहिलेको संबिधान सभा निर्वाचन मा काङ्ग्रेसका राजेन्द्र बुर्लाकोटिलाई ५००० मतले पराजित गरेका पाण्डेले यस पटक पनि जित्ने लगभग निस्चित छ । 

२०७० साल को निर्वाचनमा क्षेत्र नम्बर १ अन्र्तगत बछौली, खैरहनी, कुमरोज, कठार, पिप्ले, वीरेन्द्रनगर, भण्डारा, लोथर, कोराक गाबिस रहेको मा अहिले साबिकको चैनपुर गाबिस र साबिकको रत्ननगर नगरपालिका पनि क्षेत्र नम्बर १ मा परेका छन ।भखरै मात्र सम्पन्न स्थानिय निकायको निर्वाचनमा क्षेत्र नम्बर एकमा पर्ने ३ वटै नगरपालिकामा एमाले बिजय भएको थियो ।त्यस्ले गर्दा पनि क्षेत्र नम्बर १ मा एमालेको जित लगभग सुनिस्चित रहेको छ ।

बाम गठबन्धन करिब १४ हजार मतले अगाडि
यस क्षेत्र मा स्थानिय निकायको निर्वाचनको मेयरले पाएको मत लाई आधार मान्ने हो भने एमाले-माओबादिको बाम गठबन्धन को ४५४९२ रहेको छ भने काङ्ग्रेस -राप्रपा लोकतान्त्रीक गठबन्धन को ३१८६० मत रहेको छ ।यसरी हेर्दाखेरी लोकतान्त्रीक गठबन्धन भन्दा ।
बाम गठबन्धन १३६६२ मतले अगाडी रहेको छ ।तीन वटा नगरपालिकामा एमालेले प्रमुख पद मा पाएको मत ३७००७ रहेको छ त्यस्तै काङ्र्ग्रेसको ३०२५२ मत रहेको छ भने माओबादिको ८४८५ र राप्रपाको जम्मा १६०८ मत रहेको छ । यहाँ लोकतान्त्रीक गठबन्धन (काङ्र्ग्रेस -राप्रपा) को समग्रमा ३१८६० रहेको छ तर एमालेको एक्लो ५००० भन्दा बढी मत रहेकाले यहाँ एमालेलाई त्यती माओबादिको साथ नदिए पनि जित्ने सम्भावना निकै रहेको छ ।

Loading...