सौन्दर्योन्मूख सुदूरपश्चिम

108

बलायर “प्रत्याशी”

नेपालका टोल-टोलहरु नारामयी भएका छन । मानौकि आजभोली सबै नेपालीहरु सपनै सपनाका भारीहरु माझ निदाउन बाध्य छन । भारतबाट आयात गरिएका फुलका मालाले रंगिएका नेताहरु चुनाव आफ्नो पक्षमा पार्न जिल्लालाई एकै पटक स्वर्गजस्तै बनाउने कल्पना सुनाई रहेका छन ।बारीको पाटो नटेकेकाहरुखेतमा  धान काट्दै भोट मागी रहेका छन ।

जे होस साना देखि ठूला नेताहरुको मुख मैबिकास बाणी प्रस्फूटनभएको छ । चितवन र काठमाण्डौ तिर मेट्रोरेल, भूमीगतबाटोका कुरा रपहाडतिर केवलकार देखि स्मार्टसिटी सम्मका सपना बाँडिदै छन । पहिले पहिले झै स्वास्थ, शिक्षा, खानेपानी रबाटोघाटोका मात्र कुरागर्नेहरु अहिले उल्टै पुरातनवादी सोचभन्दै समाजमा बिक्न छोडेकाछन। आफुलाइ ठूला नेता भन्नेहरु धरातल भन्दा माथी टेकेर सपना बाँड्ने र ब्यक्तिगतरुपमाअरुलाई घटिया किसिमका शब्दहरु प्रयोग गरिरहेको देखिन्छ ।

यो पृष्ठभूमी यहाँ समावेशगर्नको कारण यति मात्र हो कि- भोलीको देशको उच्च नेतृत्वमा आउने सक्ने ब्यक्तीले किन मात्र चुनाव क्षेत्रलाई केन्द्रिकृत गर्छन । यस्तै हो भने उच्च तहमा पुग्न सक्ने र कर्णालीको बोली बोल्ने नेता कर्णालीले कहिले जन्माउने? नेताहरुलाई थाहा छ कि नेपालका दूरबस्तीको बिकासको पुर्बाधार बीना नेपालकोसमग्र बिकासको सम्भावना छैन । यसै कठिनाई बिच नेपालको सुदूर पश्चिम पनि बि.सं. २०४६ साल पूर्ब उभिएकोथियो। पञ्चायती शासकले बिकासलाई सिमित क्षेत्रमा केन्द्रिकृत गर्दा २०४६ साल पूर्व सूदुर पश्चिमको सम्बन्ध काठमाण्डौ भन्दा दिल्लीसंग नजिक थियो । जसको कारण भारतको राजधानीसम्म पुग्ने बाटो सुदूरले पाउदा सम्म पनि नेपालखाल्टो सुदुर थियो ।

यहाँकुनै भौगोलीक रक्षेत्रीयताको सवाल उठाउन खोजेको हैन । नत कसैले भन्ने भारत परास्तकोभ्रम कै सिकार हुन खोजेको हो । यसलाई कसैले अन्यथाको रुपमा पनि लिनु हुदैन । त्यसबेला यो नै कटु सत्य र सुदुरवासीको बाध्यता थियो । जो अहिले पनि मननयोग्य नै छ । यसमा जोड्न खोजेको सवाल विकासको पुर्वाधारलाई शहर केन्द्रित बनाउदा दुरदराज सधै उपेक्षितरहदो रहेछ र कार्यान्वयनयोग्य समतुल्य योजनाको अवाभमा क्षेत्रीय बिकासको सन्तुलन र तिनको हैसियतमा असमानता बढ्दो रहेछ । जो २०४६ साल पूर्व सुदुरको पिडा बनेर रहेको अवस्था थियो ।

बहुदलीय शासन पूर्ब पनि सुदूर-पश्चिमले केही हदसम्म शासकीय राज्यसत्तामा मौका नपाएको हैन तर त्यस समयको नेपाल खाल्टोले सुदूर प्रति हेर्ने दृष्टिकोणले यसको बिकासकोगतिअघि बढ्न सकेन। बरु उल्टै राज्यको एउटा बस्तीलाइ नामाकरण बाटै सुदूर भन्ने उपमा दिईयो ।

त्यस ताका जनतालाई राजनैतिक-सामाजिक चेतनाबाट टाढा राक्नु पर्छ भन्ने गलत सोचका कारण सुदूरबासीलाई नेपालको निजामती-जंगी वा अन्य उच्चतहका ओहदाका पहूँचका ढोकाहरु अदृश्य रुपमा बन्द गरिएका थिए । समग्र सुदूरको बिकासको बजेट भन्दा बढी नेपालका ठूला र बिकसित जिल्लाहरुको भागमा पर्थ्यो । यो समस्यामा सुदुरसंगै समिप्यता कर्णाली क्षेत्रको पनि थियो ।

यसका अलावा सुदुरबासीलाई नेपालको राजधानीसंग जोड्ने राजमार्गको अभावमा भारतको भूमीहुदै महिनौ लगाएर काठमाण्डौं आउन पर्ने बाध्यता थियो । शिक्षा-स्वास्थ्य लगातयका सबै क्षेत्रमा पछाडी पारिएको यो क्षेत्रलाई बहुदल भन्दा पुर्व अध्यारो भागको रुपमा हेरिन्थ्यो  जसको बिगतको ईतिहास तोड्ने काम २०४६ साल पछि मात्र भएको हो ।

आज त्यहि सूदुर पश्चिम बामे सर्दै नेपालका बिकसित जिल्लाहरुलाई पछ्याई रहेको छ । कर्णाली नदीको पक्कीपुलसंगै बनेका अन्य भौतिक पुर्बधारले सुदुरबासी गर्वसाथ आफ्नै भूमी टेकेर नैपाल(काठमाण्डौ) सम्मको यात्रा गर्न पाइरहेकाछन । कुनै जमानामा नैपालहेर्ने रहर थाती राखेका सुदूरवासीले नैपालहेर्न २०४६ साल पछिको बिकास सम्म कुर्नु परयो । जसले यो क्षेत्रको समिप्यता भारतको उत्तराञ्चल र उत्तर प्रदेश प्रदेशसंग हुन गयो । जसको एउटै कारण भौगोलीक दुरी र कठिनाइ एकातिर थियो । अर्को तर्फ नेपालको शिक्षामा पहूच पुग्न काठमाण्डौ केन्द्रमा पुग्न सक्ने र सरकारी मानो खान सक्ने सुदुरवासीको हैसियत थिएन ।यसैकारण यो गरीवबस्तीको रोजीरोटी नेपाल भन्दा दिल्लीदरवारले पुरयाएको थियो । अहिले पनि केही हदसम्म सुदुरवासीको चुलो उतैबाट बलेको छ ।

सुदुरमा अपार संभावना छन र गर्न पनि धेरै नै बाँकी छ । तथापी  प्रजातान्त्र प्राप्ति पछि सुदुरबासी देशभक्तहरुको नेतृत्वलेराज्यसत्तामा दरो उपस्थिति देखाउन सकेकै प्रतिफल सुदूरले अहिले केही राहत भने पक्कै पाएको छ । यसलाइ कुनै राजनैतिक रंग लगाउनु हुदैन । यसको श्रेय २०४६ सालको जन आन्दोलन पछिको सुदूरको राजनैतिक दबदबा र प्रभाव नै हो । यसलाई कसैले सुदूरमूखी नेतृत्व भनि टिप्पणी गरेता पनियस क्रान्तीले मध्ये तथा सुदूरलाइ हेर्ने दृष्टिकोन मै फरक ल्याएकोले यो यूग नेपालको सुदुरको बिकासको सुनौलो युग  हो भन्दा फरक नपर्ला ।

यसैको प्रभावले पछिल्ला दिनहरुमा दशवर्षे जनयूध्दको चपेटामा नराम्ररी फस्दा पनि आज नेपालका कैयो बिकसित जिल्लाको दाँजोमा सुदूरका बस्तीहरु पुगेका छन । सुदूरका नौ वटै जिल्ला सदरमुकाम सम्म मोटरबाटो पुगेकोअवस्था छ । बिकासका पुर्वाधार एवम् शिक्षा र सूचनाको बिस्तारले फड्को मारेकै कारण यो बस्ती बदलिदोक्रममा छ । जसले गर्दा हिजोको सुदूर पश्चिम आज शुन्दर सुदूरको नाममा बिकसित हुन खोजि रहेको छ । तर यसमै ढुक्क हुने अवस्था भने छैन । सुदुरको अबको लडाई भनेको गरीवी र अज्ञानतासंग अझै केन्द्रित छदैछ ।

यो शुन्दर सुदूर पश्चिम अहिलेको नेपालको संधियशासनमा एक छुट्टै पहिचान बोकेको सातौं प्रदेस हो । जो केन्द्र सरकारको भरोसामुक्त आफ्नै खुट्टमा उभिन सक्ने सम्भावना बोकेको स्वयत्त प्रदेशको रुपमा प्रचुर सम्भावना बोकेको छ । केही बिकासका पुर्वाधारहरु अगाडी बढाई सकेको यस क्षेत्रको बिकासको ढोकाको रुपमा ७५० मेगावाटको पश्चिम सेतीले थप सुनौलो भबिश्यको मार्ग कोरेको छ । पञ्चेश्वर जलबिधुतकोयोजनाको अन्तिम कार्यान्वन चरण, महाकाली करीडोरको निर्माणाधिन अवस्था देखि कैलाली-कन्चनपुर हुदै चीनको बोर्डर सम्म जोड्ने निर्माणाधीन योजनाहरुले बिकासका ढोकाहरु खोलेको केही छनक देखाइ सकेको छ ।

बिकासका अलावा धार्मीक देवभूमीको रुपमा परिचित यो क्षेत्रको कला, संस्कृतीले जो कोहीलाई लोभ्याउन सक्छ । उत्तरका हिमाल देखि तराईका फाँट सम्म फैलिएको यो भूमी एकदिन चीन र भारत जोड्ने छोटो र सुरक्षित मार्गको रुपमा बिकसित हुने निश्चित छ ।

नेपालको प्रख्यात शुक्लाफाँटा र खप्तड राष्ट्रिय निकुन्जयस क्षेत्रकै आकर्षणका क्षेत्रहुन । यहाँ खप्तड अफैमा स्वर्गभूमीको बिशिष्टता बोकी बसेको छ भने कैयौ ताल-तलैया, देवालय, मठ-मन्दिरहरु यसका गहनाको रुपमा रहेका छन । भोलीका दिनमा खप्तड निकुन्जले नेपालको प्रख्यात रारा ताल सम्मको यात्रा जोड्न सक्ने प्रचुर सम्भावना बोकेको यो क्षेत्र शुन्दर सुदुरको पर्यटकीय क्षेत्र र नेपालको उत्खृष्ठ गन्तब्य स्थल हुने निस्चित छ ।

सुहाउदो हावापानी, हरियालीले छाएका पहाडी बस्ती र अपी शैपाल हिमालको लोभलाग्दो गोद पाएको यो क्षेत्र नेपालको मात्र नभै भारतको उत्तर प्रदेश र उत्तराखण्ड प्रदेशको उत्तम गन्तब्य क्षेत्र हुने देखिन्छ ।

बिस्तारै फड्को मारीरहेको यो शुन्दर भूमीमा आएको विकासको परिवर्तन कै कारण केही जिल्लाहरुले बिगतमा भारतबाट तरकारी आयात गर्थे भने आज भारतको लखनउ सम्म बेमौसमी तरकारी र फलफूल पठउदैछ । यो त मात्र सुरुआत हो । बझाङ, बाजुरा र दार्चुलाको माथिल्लो भागलाई फलफूल र भेडापाल साथै अन्य पहाडी भु-भागमा र तराईमा तरकारी लगायत अन्य कृषिजन्य बिकासका बैज्ञानिकरण गर्न सकेमा यो प्रदेशले कसैको मुख ताक्नु पर्ने देखिदैन ।

यो सबैले बुझ्न जरूरी छ किसुन्दर सुदूरलाई नमुना बनाउन अबका दिनमा हावादारीगफहरूलेहुदैन । कार्यान्वयन योग्य योजना बनाइ अगाडी बढ्ने नेतृत्व चाहिन्छ। स्वयत्त प्रदेशको आर्थिक खाका कोर्ने विज्ञताकोखाँचो छ । हामीसंगकेही पुर्वाधर निर्माण भैसकेका छनतर धेरै बनाउन जरुरी छ ।दिल्लीदरवारको भरमा बलेका चूलाहरु सुदूरको दरवारले बाल्न सक्नु पर्छ । अहिले जनता सचेत भैसकेको परिबेश छ ।यसर्थ जसरी सुदूर टुक्र्याउनेहरुलाई एकजुट भएर हाम्रा हस्तीले पराजीत गरे तिनै बिकासे हस्तीलाईसुन्दर सुदूरको पर्यावाची बनाउदै राज्यसत्ता पुरयाऔ । जसकोबलिदानले सुदूरलाई डिल्लीबाट काठमाण्डौ नजिक्याएतिनका खातिर जुटौ । राजनैतिक पुर्बाग्रहले हैन क्षमता, दक्षता र सुदूरको बिकासको भविश्यजसबाट सम्भव छ त्यसैलाई रोजौ ।

Loading...