६०/४० ले एमालेको भाबी विजयीलाइ ब्रेक दिनेछ भने माओबादीको अस्तित्व जोगाउछ !

135
लेखक परिचय : शिव शर्मा ( सह-प्रधान सम्पादक एनपिएल ग्रुप मिडिया )

शिव शर्मा भरतपुर असोज १७ : बिगत २ दिन एता नेपालि राजनीतिमा एक छुटै ‘टुइस्ट ‘ को आम जनाताले महसुस गरिरहेका छन । त्यो ‘टुइस्ट ‘ हो ‘बाम एकता ‘ ! केपी ओली सरकार ढले देखि एमाले र माओबादि केन्द्र बीचको सम्बन्ध चिसिएको थियो तर एकाएक बडा दसैँ पश्चात बाम एकताको नया राजनीतिका टुइस्ट देखा परेको छ ।आम जनतामा के साच्चिकै बाम एकता होला भन्ने एउटा गहन प्रस्न पनि खडा भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको पार्टी सचिवालय बैठकमा एमालेसँगको एकता प्रस्तावलाई प्रवेश गराए । उता एमालेले पनि केहि दिन अगाडी काठमाण्डौमा उपलब्ध भएका केन्दिय सदस्य को बैठक बसी बाम एकतालाई अगाडि बडाउने निर्णय गरेको थियो । एकता बाट कसले के हात पार्ला ?
पछिल्लो राजनितिक अबस्थालाइ हेर्ने हो भने स्थानीय चुनाबमा एमाले सबै भन्दा ठुलो शक्ति बन्यो । उसले प्रदेश न २ बाहेका प्रदेशमा राम्रो मत पनि प्राप्त गर्यो । स्थानीय चुनाबमा एमाले पहिलो शक्ति बनेर उदायो । तर माओबादी भने कम संख्यामा सिट जित्दै तेस्रो दल नै बन्यो ।

माओबादी केन्द्रले प्रदेश न २ मा राम्रो मत ल्याए पनि अरु प्रदेशमा मत ल्याउन सकेन । यसले माओबादि प्रदेशको चुनाब र केन्द्रको चुनाबमा नराम्रो संग पराजित हुने संका उब्ज्यायो जसका कारण माओबादि केन्द्रका अधिकंश नेतामा तालमेलको बहस आयो । माओबादीले तालमेल बाट सबै प्रदेश मा हार व्यहोर्नु भन्दा पनि ६० /४० को रणनितिमा लागेर ४० प्रतिसत भए पनि स्थान सुरक्षित गर्न खोजेको देखिन्छ । यसलाई ६०/४० नबुझेर रणनीतिका राजनीतिका रुपमा बुझ्ने हो भने माओबादी तालमेल गरेर एमालेको भाबी जितलाई खुम्च्याउन चाहन्छ । किनकि स्थानीय चुनाबको चुनाबी तालमेलमा अधिकांस तहमा तालमेल गर्ने शक्ति हारेका छन । जसको प्रतक्ष्य फाइदा कांग्रेशमा जान सक्छ ।

उता एमालेले भने २ न प्रदेश मा बाम एकता गरेर ६० भए पनि हत्याउन चाहन्छ । तर यसले समग्र देश भरिका चुनाबमा एमालेलाई खुम्च्याउछ । यसै बीच प्रदेश न २ मा महन्थ ठाकुर र उपेन्द्र यादबको तालमेलको चर्चा छ । चर्चा नहोस पनि कसरि २ न प्रदेश मा यी २ (राजपा र संघिय समाजबादी फोरम ) पार्टीले ५१ सिट जो जितका छन् ।

एकताले समग्र देशलाइ के दिन्छ ?
बाम एकताले यदि सार्थकता पाएमा देशमा राजनीतिले मोड लिने अधिकांस बिस्लेषक बिस्लेषण गर्छन । देशमा बहुदलिय व्यवस्था बिकाशको प्रमुख बाधकका रुपमा ति बिस्लेषकले लिन्छन । संबिधान निर्माण गर्ने ताका तत्कालिन ए. माओबादि र एमाले प्रतक्ष्य कार्यकारीको ब्यबस्था गर्नु पर्ने बिसयमा लगभग नजिक थिए तर संबिधान निर्माणमा कांग्रेश पनि एउटा अभिन्न अंगक रुपमा थियो र त्यसको नेतृत्व गरिरहेका तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुसिल कोइरालाले प्रतक्ष्य कार्यकारीको व्यवस्था राख्न असहमति जनाए ।

तर अहिले माऒबदि केन्द्रले प्रतक्ष्य कार्यकारी प्रमुखको बिसयलाइ अगाडी बढाउने निर्णय लिइसकेको छ । उता एमाले पनि यसमा सहमतिमा आउन कठिन छैन । जसले गर्दा देशमा राजनितिक स्थायित्व कायम हुने आशा गर्न सकिन्छ ।

एमाले बोस्लेभिक कि मेन्सेभिक ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको पार्टी सचिवालय बैठकमा एमालेसँगको एकता प्रस्तावलाई अनौठो तर्कद्वारा स्थापित गर्ने प्रयत्न गरे । उनले रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकबीच पुनः एकताको प्रसंग कोट्याए । उनले माओवादीलाई बोल्सेभिक र एमालेलाई मेन्सेभिकका रुपमा अथ्र्याए । रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेभिकको अर्थ अल्पमत हुन्छ । तर प्रसङ्ग ठिक उल्टो छ नेपालमा अहिले एमाले ठुलो शक्ति ( बोल्सेभिक ) हो भने माओबादी केन्द्र (मेन्सेभिक ) हो ।

Loading...